बिजनबारी: आज बिजनबारी क्षेत्रका विभिन्न चर्चहरूमा हर्षोल्लासको साथमा गुड फ्राइडे पालन गरिएको छ। यसै क्रममा आज स्प्रीङ अफ् लाइफ कम्युनिटी चर्च बिजनबारीमा धुमधामले गुड फ्राइडे पालन गरिएको छ। प्रार्थना सभाबाट शुरू गरिएको कार्यक्रममा पास्टर अमित सिङ्गकोकले बाईबलबाट बोल्दै भने, ‘मानिसहरूलाई पापको भागीदार हुनबाट बचाउन तथा प्रभु येशु ख्रीष्टले मानव जातिका लागि क्रूसको बलिदानले मानिसहरूले अनन्त जीवन पाएको छ।

यस दिन प्रेममय ऐतिहासिक पर्व हो।’
उनले गुड फ्राइडेको सबैमा शुभकामना तथा शुभेच्छा पनि व्यक्त गरेका छन्। यसका साथै बिजनबारी भेगका अन्य ठाउँहरूमा पनि भव्यता साथमा गुड फ्राइडे पालन गरिएको जानकारी प्राप्त भएको छ।