हाम्रो पार्टीको रंगबूल धोत्रे समष्टि गठन

IMG-20230407-WA0216.jpg

दार्जीलिङ: हाम्रो पार्टीको संगठन विस्तार लगातार रूपमा चलिरहेको छ। यसै क्रममा आज रंगबूल धोत्रे समष्टिको गठन भएको छ। रंगबूलको सार्वजनिक भवनमा आज पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाको विशेष उपस्थितिमा हाम्रो पार्टीको सभा सम्पन्न भयो। उक्त सभामा सभासद जितेन राई, सभासद रूबेनदास प्रधान, शारदा राई सुब्बा, नगरपार्षद मणि लामा, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ आदि उपस्थित रहेका थिए। सभामा रंगबूल धोत्रे समष्टि अन्तर्गत विभिन्न क्षेत्रका मानिसहरूको उपस्थिति रहेको थियो। यही सभामा सर्व सहमतिद्वारा कृष्ण लिम्बुलाई अध्यक्ष चयन गरियो। त्यसै गरी कार्यकारिणी अध्यक्ष वाङचुक याल्मो, उपाध्यक्ष दर्शन तामाङ, सचिव राजेन राई,सह सचिव मेगन गुरूङ, नवीन प्रधान, सुमन राई, विमल तामाङलाई चयन गरिएको छ। त्यसै गरी कोषाध्यक्ष सुधन बस्नेत, सह कोषाध्यक्ष रनिम गुरूङ र विमन घिसिङलाई चयन गरिएको छ।

त्यसै गरी कार्यकारिणी सदस्यहरूमा श्याम राई,विजय राई,युसुप तामाङ,राम कुमार तामाङ,सुकमान राई, अनित राई, प्रभाकर तामाङ, वाङगेल तामाङ,राजेन प्रधान, छितेन तामाङ आदि रहेको छ। सभामा चयन भएका नेतृत्वहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितालाई जन जनमा पुराउने संकल्प लिए।

About Author

Advertisement