तीनधारे क्षेत्रमा गुड फ्राईडे पालन

IMG-20230407-WA0222.jpg

तीनधारे: इसाई धर्मावलम्बीहरूका लागि विशेष दिन मानिने गुड फ्राईडे शुक्रबार तीनधारे क्षेत्रमा पालन गरिएको छ। तीनधारेको विभिन्न गिर्जा घरहरूमा गुड फ्राईडेको अवसरमा प्रार्थनाहरू गरिएको थियो। यस अवसरमा इसाईहरूले उपवास बसेर प्रार्थना पनि आयोजना गरेका थिए। यस दिनमा प्रभु येशु ख्रीष्ट मानव जाति र संसारको लागि क्रुसमा बलिदान भएको साथै येशुले क्रुसमा बलिदान दिएको कारणले नै मानवको पाप प्रायश्चित भएको साथै उध्दार र मुक्ति पाएको इसाईहरूमा विश्वास रहेको छ। यही कुरालाई विश्वाससाथ पालन गर्दै विभिन्न मांगहरूमा प्रार्थना गरिएको छ। यसै क्रममा तीनधारेको गोलाई पाखास्थित एक चर्चमा गुड फ्राईडेको अवसरमा ईसाईहरूले प्रार्थना साथै बाईबलबाट सन्देश बाढ़ेका छन्। यस अवसरमा रोबर्ट तामाङले सञ्चालन गरेका थिए भने बाईबलबाट सन्देश सुकमान लिम्बुले दिएका थिए। उनले येशुले क्रुसमा बोलेका वचनहरू विषयमा बोल्दै बाईबलबाट उत्साहको वचन प्रचार गरेका थिए। सुकमान लिम्बुले येशुले हामी सबैको पापको प्रायश्चित गर्न र सारा संसारको पाप प्रायश्चित गर्नलाई क्रुशमा बलिदान दिएको बताएका छन्। उनले पुरानो व्यवस्थालाई तोड्न र नयाँ करार शुरु गर्नलाई पनि येशु ख्रीष्ट क्रुसमा बलिदान भएको बताएका छन् । यसको साथै शत्रुता नाश गर्न, असल जीवन जिउन र प्रेम गर्न सिकाउन पनि येशु क्रुसमा बलिदान भएको बताएका छन्। लिम्बुले बाईबलको वचनहरू यूहन्ना, लुका, रोमी, प्रेरित, कस्सी, एफिसी, हिब्रु पत्रुस आदिबाट वचनहरू प्रचार गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement