फिनेल कारखानामा भयावह आगलागी

IMG-20230406-WA0155.jpg

सिलगढी: सिलगढीको ईस्टर्न बाइपास संलग्न भोलानाथ पाडास्थित एउटा कारखानामा भयावह आगलागी भएको छ।आगलागी हुँदा इलाकामा भागदौड मच्चियो। आज अपरान्ह एउटा ब्लिचिङ तथा फिनाइल बनाउने कारखानामा सर्ट सर्किट हुँदा आगलागी भएको बताइएको छ। यो कारखानामा धेरै मात्रामा रासायनिक रहेकोले गर्दा क्षणभरमै आगोले उग्र रूप लियो। घटनाको खबर पाएर आसिघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेका थिए। सिलगढी तथा डाबग्राम दमकल विभागको धेरैवटा इञ्जिन घटनास्थलमा पुगेर लगभग २ घण्टाको कठोर प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। उक्त आगलागीमा कारखानाभित्र रहेको धेरै मात्रा रासायनिक जलेर खरानी भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement