‘हाम्रो पार्टीले चुनावी वाचा पूरा गर्दै मगर गाउँमा लगायो सोलर लाइट’

IMG-20230406-WA0205.jpg

दार्जीलिङ: हाम्रो पार्टीले मगर गाउँमा लगायो सोलर लाइट। गत जीटीए चुनावमा हाम्रो पार्टीका उम्मेद्वारले मगर गाउँमा सोलर लाइट लगाईदिने वाचा गरेका थिए।सोही अनुरूप वाचा पुरा गरेको छ।
हाम्रो पार्टीको भिजन,पार्टी अध्यक्ष अजय एडवार्ड्सको इमान्दारिता अनि ती वाचाहरूकै कारणले घूम जोरबंगला समष्टिका मतदाताहरूले हाम्रो पार्टीको उम्मेद्वारलाई भारी मतले विजयी तुल्याएका थिए। हाम्रो पार्टीको ब्यानरबाट विजयी भएका ती सभासदले हाम्रो पार्टीलाई मात्र होइन तर समष्टिका मतदाताहरूसंग पनि विश्वासघात गरेर आज अन्य राजनैतिक पार्टीमा सामेल भएका छन तर उनले चुनाव अवधि समष्टिका जनतावीच गरेका वाचाह्ररू समेत विर्सिएको हाम्रो पार्टीको शाखा अघ्यक्ष प्रवीन राईले बताएका छन।घूम-जोरबंगला शाखाको हाम्रो पार्टी अध्यक्ष प्रवीन राईले अधि भने, जीटीए सभाको चुनावमा हाम्रो पार्टीको ब्यानरबाट चुनावी मैदानमा ओर्लिएर विजयी भएका सभासदले फूलबारी आलुबारीको मगर गाउँमा सोलर लाइट लगाईदिने वाचा गरेका थिए,जीटीए सभाको चुनाव सम्पन्न भएर बोर्ड गठन भएको महिनौ दिन वितिसक्दा पनि सभासदले आफ्नो वाचा पूरा नगर्दा स्थानीय मगर गाउँका गाउँलेहरूले हाम्रो पार्टी समक्ष चुनावी वाचाहरूको स्मरण गराउँदा पार्टी अध्यक्ष अजय एडवार्ड्सले मगर गाउँमा सोलर लाइट जोडने काम गरीदिएका छन।
शाखा अध्यक्ष राईले अधि भने,घूम-जोरबंगला समष्टिको जनतालाई झूठो आश्वासन दिएर केवल भोट मात्र हत्याउने मान्छे आज हाम्रो पार्टीसंग छैन, अन्य राजनैतिक पार्टीमा सामेल भएर हाम्रो पार्टीको खुइरो खन्ने कामहरू गर्दैहिडदैछ। शाखा अध्यक्ष राईले अधि भने, हाम्रो पार्टीले ब्यक्तिगतरूपमा केही दिनु नसकेता पनि समुहको रूपमा मगर गाउँमा सोलर लाइट लगाउँने काम गरीदिएको छ।हाम्रो पार्टी एंव पार्टी अध्यक्ष अजय एडवाडर्सको यस्तो कार्यप्रति गाउँलेहरू अति नै खुशी रहेका छन।यसै संदर्भमा हाम्रो पार्टी केन्द्रीय कमिटि सदस्य दीपू थापाले बताए अनुसार जीटीए सभाको चुनावअवधि घूम-जोरबंगला समष्टिबाट हाम्रो पार्टीको ब्यानरमा चूनावी मैदानमा ओर्लिएका उम्मेद्वारले समष्टिको मतदाताहरू समक्ष धेरै वाचाहरू गरेका थिए आज उनी हाम्रो पार्टीसंग छैनन,तर हाम्रो पार्टी समक्ष गाउँलेहरूले ती वाचाहरूको स्मरण गराउँदै हाम्रो पार्टीले ढिलै भए पनि वाचाहरू पूरा गर्ने काम गरेको तिनले बताए।हाम्रो पार्टीको भिजन स्पष्ट छ,कसैको घर भत्काएर आफ्नो घर दरिलो बनाउनु छैन तर सवैलाई समेटेर जातिलाई दरिलो बनाउँनु पर्छ भन्ने हाम्रो पार्टीको अडान छ।थापाले अधि भने, विजयी सभासदले चुनाव अवधि आफूले गरेका वाचाहरू स्मरण गर्दै पूरा गरेको राम्रो हो।मगर गाउँ जंगल वीच रहेको हुनाले यहाँ जंगली जनावर एंव पशुहरूको संत्रास हुने गर्छ,त्यसकारण यस क्षेत्रमा सोलर लाइटको अति नै जरूरत थियो जो हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड्सले आफ्नो नीजि कोषबाट लगाउने काम गरीदिएका छन, थापाले भने।

About Author

Advertisement