टुंग-सन्त मेरिज समष्टिमा विभिन्न पार्टीका ४७  घर परिवार भागोप्रमोमा सामेल भएको दाबी

Tung-

सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुंग-सन्तमेरिज समष्टिअन्तर्गत माग्रेस्टोहोपस्थित बीच गाउँमा अनित थापाको कुशल नेतृत्वलाई मन पाएर समष्टि प्रार्थी नुरी शेर्पाको इमानदारीतालाई हेरेर आगामी जीटीए चुनाउमा बहुमत भोटले विजय गराउने हेतुले अन्य पार्टीबाट छोडेन लामाको नेतृत्वमा ४७ घर परिवारहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको दाबी गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुनेहरू सबैले समष्टीको प्रार्थी नुरी शेर्पाको बहुलीबाट झण्डा ग्रहण गरेका छन्। आजको सर्मथन सभालाई प्रार्थी नुरी शेर्पा, समष्टि महासचिव ललित मुखिया, चुनाव  को-अर्डिनेटर तथा युवा शक्ति सचिव दिपेश तामङ, श्रमिक संगठन को-अर्डिनेटर गुन्जन रामतेललगायत अन्यले सम्बोधन गरेका थिए। उक्त टोलीमा समष्टि उपाध्यक्ष छोंगेल लामा, सदस्य दिलीप गजमेर, खरसाङ महकुमा समिति युवा शक्ति प्रचार प्रसार सचिव रोशन हाङ्ग सुब्बा, समष्टि युवा शक्ति सभापति उग्रेन घिसिङ, जोनल सभापति तथा प्रचार प्रसार सचिव बसन्त कुलुङ राई अन्य प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement