नयाँ दिल्ली: सशस्त्र सीमा बल (एसएसबी) का महानिदेशक डा. एसएल थाउसेनसॅंग आज मुख्यालयमा नेपालका लागि नियुक्त गरिएका भारतका राजदूत नवीन श्रीवास्तवले भेट गरे। नवीन श्रीवास्तवले चॉंडै आफ्नो पदभार ग्रहण गर्नेछन्। एसएसबीका महानिदेशकले नवीन श्रीवास्तवलाई उनको नियुक्तिमा बधाई दिए। उनले भारत र नेपाल सीमामा सीमा सम्बन्धी मुद्दा र एसएसबीको तैनाती एवं कार्यहरूको विषयमा चर्चा गरे। यस भेट अवधि एसएसबी अपर महानिदेशक बी. राधिका र महानिरीक्षक (प्रचालन) पीके गुप्ता पनि उपस्थित थिए।










