कालचिनी। आज मेन्दाबारीस्थित कृषि मण्डीमा कालचिनी सहकृषि विभागको पक्षबाट राष्ट्रिय खाद्य सुरक्षा मिशन २०२२ अन्तर्गत विश्व माट दिवस पालन गर्दै क्षेत्रका प्रायः ५०० जना कृषक परिवारलाई उन्नत गुणको धानको बीज वितरण गरिएको थियो। उक्त अवसरमा कालचिनी सहकृषि अधिकारी प्रबोदकुमार मण्डल लगायत लोथाबारी ग्राम पञ्चायतका उपप्रधान गौरी ठाकुर, समाजसेवी नबुल ठाकुर एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
उन्नत गुणको धानको बीज लगाएर राम्रो उपजनी गर्न सकियोस भनि सरकारले कृषक परिवारलाई निःशुल्क रुपमा धानको बीज वितरण गरिरहेको र मङ्गलाबार मात्र दैलोमा सरकार शिविर कार्यक्रममा पनि प्रायः १०० भन्दा अधिक कृषक परिवारलाई उक्त धानको बीज वितरण गरिएको थियो।








