नाम्ची। नेपाली चलचित्र कबड्डी-४ काे सिक्किमलगायत भारतमा रिलिजमाथि प्रतिबन्धकाे माग उठिरहेकाे समय आज दक्षिण सिक्किमका लामा, भिक्षु र भिक्षुनीहरूले पनि यस चलचित्रलाई सिक्किमका सिनेमा घरहरूमा रिलिज नगरिदिने माग गरेका छन्। उनीहरूले सम्बन्धित निकायसमक्ष यस्तो माग राखेका छन्। यस क्रममा लामा दावा रिञ्छेनले साे फिल्मकी नायिका मिरूना मंगरले निर्दाेष लामामाथि गरेकाे अभद्र व्यवहारले सबै बाैद्ध धर्मावलम्बीहरूलाई दुखि बनाएकाे छ भनी बताए। यसकारण नायिकाले माफी माग्नुपर्ने कुरामा उनले जाेर दिएका छन्।









