सिलगढी: हालै सिलगढीमा ट्राफिक जामको समस्यालाई नियन्त्रण गर्नको लागि सहरका विभिन्न सड़कहरूमा नयाँ ट्राफिक सिग्नल लगाइएको थियो। यस्ता नयाँ ट्राफिक सिग्नल सहरको सेभोक रोड, विधान रोड, हिलकार्ट रोड, बर्द्धवान रोड लगायत विभिन्न सडकमा लगाइएको थियो तर छेउ-छेउको दुरीमा नै यस्ता ट्राफिक सिग्नल लगाएकोले गर्दा मानिसहरूलाई धेरै असुविधा भइरहेको थियो। यसको साथै मानिसहरूलाई आफ्नो गन्तव्य स्थलमा पुग्नको लागि अधिक समय लगेको जनगुनासो बढ्न थालेको थियो। यी सबै कुराहरूलाई ध्यानमा राखेर मानिसहरूको सुविधाको पुलिसले केही ठाउँमा लगाइएको ट्राफिक सिग्नल हटाउने निर्णय लिएको छ। सिलगढी सहरको कतिपय ठाउँमा गत रातिदेखि नै लगाइएको नयाँ पोलहरू हटाउन थालेको छ भने आज पनि सहरको विभिन्न ठाउँबाट ट्राफिक सिग्नलको लाइटहरू निकालिदिएको छ।










