सिलगढी: एउटी नाबालिका हिजदेखि निखोज भएको छ। तिनी सिलगढी नगर निगमको ४३ नम्बर वार्डको प्रकाश नगर अन्तर्गत पासवान बस्ती इलाकाको हो। परिवार पक्षले आज भक्तिनगर थानामा नाबालिका हराएको प्राथमिकी दर्ता गरेको छ। निखोज नाबालिकाको आमाले दिएको जानकारीअनुसार तिनकी छोरी सदा झैं काम गर्नको लागि मंगलवार बिहान ९ बजे घरबाट निक्लेकी थिइन्। तिनी सधैं २ बजेसम्म आफ्नो घर आइपुग्थिन् तर हिजो समयमा घर नआइपुगेपछि तिनको परिवारका सदस्यहरू चिन्तित भएर तिनको खोजबिन शुरू गरे। यसपछि २४ घण्टा भन्दा अधिक समय बितिसक्दा पनि अझसम्म छोरीको कुनै खोज खबर नपाएकोले आफुहरूको चिन्ता बढेको बताइएको छ। तिनले पुलिस समक्ष आफ्नो छोरीलाई चाँडै खोजी निकाली दिइने बिन्ती गरेका छन्। अर्कोतिर, नाबालिका निखोज भएपछि स्थानीय मानिसहरू पनि औधी चिन्तित देखिन्छन्।











