आईपीएल २०२३:आफ्ना बलरहरूलाई कड़ा भाषामा चेताउनी दिए सीएसकेका कप्तान धोनीले

IMG-20230404-WA0141.jpg

४ अप्रेलः सोमवार राति खेलिएको आईपीएल २०२३ को म्याचमा चेन्नई सुपर किंग्स (सीएसके) ले लखनऊ सुपर जाइण्ट्सलाई १२ रनले पराजित गरी टुर्नामेण्टमा आफ्नो पहिलो जीत हासिल गऱ्यो। म्याचमा जीत हासिल गरे पनि सीएसके-का कप्तान एमएस धोनी आफ्नो बलिंग एकाईसँग खुशी देखिएनन्। वास्तवमा चेन्नईका बलरहरूले म्याचमा १३ वटा वाइड र ३ वटा नो बल गरे। यस कुराले रिसाएका धोनीले आफ्ना बलरहरूलाई सही बलिंग गर्ने या फेरि नयाँ कप्तानको अधीनमा खेल्ने चेताउनी दिए। धोनीले भने, यो एउटा असाधारण हाई स्कोरिंग गेम थियो। विकेट कस्तो रहनेछ भन्ने हामी सबैलाई अन्दाज थियो। मलाई पीच सामान्य धीमा रहने लागेको थियो तर यस पीचमा रन बनाउनु कठिन थिएन। म्याच जिते पनि हामीले आफ्नो पेस बलिंगमा सुधार गर्नु पर्नेछ। परिस्थिति अनुसार बलिंग गर्नु महत्त्वपूर्ण हुन्छ। यसको साथमा बलरहरूले नो बल र अतिरिक्त वाइड बल गर्न जारी राखे उनीहरूले नयाँ कप्तानको साथ खेल्नु पर्नेछ। यो मेरो दोस्रो चेताउनी हो अनि अब म फर्किने छुइनँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement