गान्तोक: आगामी दिनमा उत्तर जिल्लामा सम्पन्न हुने पञ्चायत उपचुनाउ तयारीलाई लिएर आज उत्तर जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीको कार्यालयमा तयारी सभा सम्पन्न भयो।सभालाई सम्बोधन गर्दै रिटर्निङ अधिकारी एवम जिल्लापालले चुनाउलाई सफल तुल्याउनको निम्ति नोडल अधिकारीहरूको जिम्मेवारी र भूमिकाबारे विस्तृतरूपमा अवगत गराए। यस अवसरमा उपचुनाउबारे उनले अधिकारीहरूसँग छलफल पनि गरे। जिल्लापालले उक्त चुनाउलाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति र चुनाउ प्रक्रियाबारे जानकारी गराए।