पाकिमको स्ट्रङ रूम खोलियो

IMG-20230403-WA0264.jpg

गान्तोक: आगामी २० अप्रेलमा सम्पन्न हुने पञ्चायत उपचुनाउ समवन्धि रिक्तस्थानहरूमा नामाङकन पत्र भर्ने प्रक्रिया समाप्त भएको छ। यसका साथै मनोनयन पत्रको पनि जाँच भइसकेको छ। यसै क्रममा आज पाकिम जिल्लाका जिल्लापाल एवम रिटर्निङ टाशी छोपेलको निर्देशमा वर्ष २०२२ को पञ्चायत चुनाउमा प्रयोग गरिएको इलेक्ट्रोनिक भोटिङ मशिन (इभीएम) राखिएको स्ट्रङ रूम आज खोलिएको छ।डिकलिङ सरकारी उच्चत्तर माध्यमिक विद्यालयमा स्ट्रङरूम बनाइएको थियो भने आज राज्य चुनाउ आयोगलाई इभीएम हस्तान्तरण गरियो। स्ट्रङरूम खोलिने क्रममा महकुमा अधिकारी थेन्डुप लेप्चा, राज्य चुनाउ विभागका उपसचिव मरिना राई लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement