कालचिनी: आज अलिपुरद्वारमा कर्मीसभा पश्चात मुख्यमन्त्री ममता ब्यानर्जी सोझै हेलिकप्टर मार्फत सुभाषिनी मैदानमा ओर्लिएपछि हाँसीमारा गुरुद्वारामा दर्शन गर्न पुगिन्l त्यहाँबाट निस्केपछि उनी कोदालबस्तीका गाउँलेहरुसित भलाकुसारी गरिन्। गाउँले नानीहरुलाई मुख्यमन्त्री ममता ब्यानर्जीले चकलेट र मिठाई वितरण गरिन्। यस क्रममा उनले गाउँले महिलाहरुलाई उनीहरुले लक्ष्मी भण्डार पाए कि पाएनन् सो बारे सोधखोज लिँदै गाउँलेहरुको समस्या सुनेर त्यसलाई समाधान गर्ने प्रशासनिक अधिकारीहरुलाई निर्देश दिइन्। गुरुद्वारा दर्शनको क्रममा गुरुद्वारा कमिटीलाई नालाको समस्या समाधान भए कि भएनन् सो बारे जानकारी लिइन् र काम शुरु भएको अवगत गराइन्। बुधबार मुख्यमन्त्री ममता ब्यानर्जी सुभाषिनी मैदानमा सम्पन्न हुने आदिवासी गण विवाहमा मुख्य रुपले उपस्थित रहने बताइएको छl अलिपुरद्वार र जलपाईगढी जिल्ला मिलाएर ५०२ जोड़ी आदिवासी दम्पत्तिको सामुहिक विवाह हुने जसमा मुख्यमन्त्रीको बाहुलीबाट नवदम्पत्ति जोड़ीहरुलाई उपहार प्रदान गरिने बताइएको छ।