खाद्य सुरक्षामा सिक्किमलाई उत्कृष्ट पुरस्कार

IMG-20220607-WA0135.jpg

गान्तोक। विश्र्व खाद्य सुरक्षा दिवसको अवसरमा सिक्किमलाई खाद्य सुरक्षाको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोमा पुरस्कार प्रदान गरेको छ। उक्त पुरस्कार एङ्गएसएसएआईद्वारा प्रदान गरिएको हो। यो पुरस्कार सिक्किम लगायत देशका तीनवटा राज्यलाई प्रदान गरियो। आज देशको राजधानी नयॉं दिल्लीमा आयोजित एक कार्यक्रमबीच उक्त पुरस्कार स्वास्थ्य विभागका प्रधान निर्देशक डा. टिकेन्द्र राईले केन्द्रीय स्वास्थ्य मन्त्री डा. मनसुख मन्दावियाको बाहुलीबाट ग्रहण गरेको जानकारी गराएको छ।

About Author

Advertisement