कोलकाता: पश्चिम बङ्गालमा गत बिहीबार अर्थात् रामनवमीको दिनदेखि लगातार भइरहेको हिंसक झड़पका घटनाहरू बारे मुख्यमन्त्री ममता ब्यानर्जीले बयान जारी गरेकी छिन्। पश्चिम मेदिनीपुरको खेजुरीमा सोमबार जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘रामनवमीको शोभायात्रा पाँच दिनसम्म किन भयो?’ उनले हिन्दू समुदायको आह्वान गर्दै अल्पसंख्यकहरूको रक्षा जरूरी रहेको बताइन्। आउँदो ६ अप्रेलमा हुने हनुमान जयन्तीलाई लिएर प्रशासनलाई सतर्क रहने निर्देश दिँदै उनले भनिन्, ‘हंगामा षड़यन्त्र रच्नेहरू विरूद्ध कठोर कारबाही हुनेछl’ उनले सबै जिल्लाहरूका अधिकारीहरूलाई यसको निम्ति सतर्क रहनुपर्ने बताइन्।
शोभायात्राका आयोजनकर्ताहरूलाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘तपाईहरूले ऱ्याली निकाल्नुहोस्, कुनै आपत्ति छैन। मैले त कहिलेप नि रोकिन, तर बन्दूक लिएर किन ऱ्याली निकाल्नु हुन्छ? रिसड़ामा पनि अशान्ति भएको छ। यस प्रकारको घटना बारम्बार किन भइरहेको छ? रमजान महिना चलिरहेको छ। हिन्दू भाई-बहिनीहरूसित मेरो अनुरोध छ, अल्पसंख्यकहरूको साथ खड़ा रहौं। उनीहरूको रक्षा गरौं ताकि कुनै अप्रिय घटना नघटोस्l’उनले भनिन्, ‘जसले पनि अशान्ति गरेको छ, उनीहरूलाई क्षमा गरिने छैन। उनीहरू विरूद्ध कड़ा कारबाही हुनेछ। जसले गाड़ीहरू जलाएका छन् र सरकारी सम्पत्तिलाई नष्ट गरेका छन्, उनीहरूको सम्पत्ति जफत गरिनेछl’