उपचुनाउलाई लिएर नोडल अधिकारीहरूसॅंग सभा सम्पन्न

Untitled-1-copy-5

मंगनः उत्तर जिल्लामा प्रस्तावित पञ्चायत उपचुनाउलाई लिएर आज उत्तर जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीको कार्यालयमा नोडल अधिकारीहरूको एक सभा सम्पन्न भयो।

सभाको अध्यक्षता जिल्लापाल छेत्रीले गरेका थिए। सभालाई सम्बोधन गर्दै जिल्लापालले चुनाउलाई सफल तुल्याउनको निम्ति नोडल अधिकारीहरूको जिम्मेवारी र भूमिकाबारे विस्तृतरूपमा बताए। उनले उक्त चुनाउलाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति र चुनाउ प्रक्रियाबारे पनि जानकारी गराए।

About Author

Advertisement