गान्तोक। राज्य सरकारको सामाजिक न्याय एवं कल्याण विभागद्वारा प्रदान गरिने छात्रावृत्तिलाई लिएर उत्पन्न भएको विवादमाथि आज विभागका सचिव छेवाङ ग्याछो भोटियाले स्पष्टीकरण दिएका छन्। लुम्सेस्थित विभागको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बधोन गर्दै सचिवले देशको विभिन्न राज्यका दसवटा महाविद्यालयमा राज्य सरकारसँग कथितरूपमा इम्पेनल रहेको छ भन्दै कलेजले विद्यार्थीहरूलाई दीगभ्रमित तुल्याएको बताए। वास्तवमा सरकारले वर्ष २०२१ मा नै ती कलेजहरूसँग गरेको इमपेनल हटाइसकेको सबै कलेजहरूलाई सूचना दिइसकेको भएता पनि कतिपय कलेजले विद्यार्थीहरूलाई सिक्किम सरकारले नै सबै खर्च उठाउँछ भन्दै विद्यार्थी र अभिभावकहरूलाई दीगभ्रमित तुल्याएको दावी गरे। अब त्यस प्रकारको कलेजहरूलाई राज्य सरकारले संज्ञानमा लिएको र निकट भविष्यमा कारवाही गर्ने बताए। पूर्व सरकारको कार्यकालमा १० वटा कलेजहरूसँग इमपेनल गरेको तर पछि केही समस्या उत्पन्न भएको हुनाले इम्पेनल हटाएको र यसको सूचना अगावै दिइसकेको अवगत गराए। यसरी नै कतिपय विद्यार्थीहरूले अहिलेसम्म पूरा छात्रावृत्ति नपाएको गुनासो र आरोप विभागलाई लगाउंदै आइरहेका विषयमाथि स्पष्टीकरण दिए। उनले बताए अनुसार विद्यार्थीहरूलाई छात्रावृत्ति केन्द्र सरकार र राज्य सरकार मिलेर प्रदान गरिन्छ भने राज्य सरकारको तर्ङ्गबाट दिइसकेको तर केन्द्र सरकारले अहिलेसम्म धनराशि नपठाएको हुनाले वॉंकी रहेको बताए। यस विषयलाई लिएर विभागले सम्वन्धित निकायसमक्ष पत्रचार गरिरहेको र शीघ्र विद्यार्थीहरूको रहल छात्रावृत्ति प्रदान गर्ने उनले आश्र्वासन दिएका छन्। अन्तमा सचिवले सबै अभिभावकहरूलाई कलेजले दीगभ्रमित तुल्याउँने कोशिष गरिरहेको हुनाले कलेजको कुरामा विश्र्वास नगर्ने आग्रह गरे।