पाक्योङ: रिटर्निङ अफिसर/जिल्ला कलेक्टर पाक्योङ-टाशी छोपेलको निर्देशनमा पञ्चायत निर्वाचन २०२२ मा प्रयोग भएको इलेक्ट्रोनिक भोटिङ मेसिनलाई प्रदेश निर्वाचन आयोगमा हस्तान्तरण गर्न दिक्लिङस्थित सरकारी सिनियर सेकेण्डरी स्कुलको स्ट्रङ्ग रुम आज खोलिएको छ। एसडीएम (मुख्यालय) पाक्योङ, टेन्दुप लेप्चा, उपसचिव निर्वाचन विभाग, मेरिना राई, उपसचिव, आरडीडी पाक्योङ, राजु राई, र आरओ एडी, डीआर आचार्यलगायतको उपस्थितिमा स्ट्रङ्ग रुम खोलिएको छ। उक्त अवसरमा निर्वाचन विभाग, पाक्योङ जिल्लाका अधिकारीवर्ग र पुलिस अधिकारीहरुको पनि उपस्थिति थियो।
