बिजनबारीको मुर्मिदाङ्ग बस्ती निवासी अधिवक्ता सौरभ सुब्बालाई विध्यावारिधी प्राप्त

IMG-20230403-WA0255.jpg

खरसाङ: दार्जीलिङ जिल्ला अन्तर्गत बिजनबारी खण्ड विकास क्षेत्रको मुर्मिदाङ्ग बस्ती निवासी स्वर्गीय भक्तराज मादेन अनि रजुमाया मादेनको साहिला सुपुत्र अधिवक्ता सौरभ सुब्बा (मादेन) कानुन विषयमाथि शोधकार्य समाप्त गरी वनस्थली विद्यापिठ विश्वविद्यालय, राजस्थानबाट विध्यावारिधीले सम्मानित भएका छन्। ‘द जुडिसियल सिस्टम एण्ड जुडिसियल रिफर्म्स इन इण्डिया विथ इस्पेसियल रेफ्ररेन्स टु दि सब-कोओर्डिनेट जुडिसियरी:’अ कृटिकल स्टडि”-उनको शोधको विषय रहेको थियो। मुर्मिदाङ्ग प्राथमिक पाठशालाबाट शैक्षिक यात्रा शुरु गरेका डा. सौरभ सुब्बाले नयाँ बस्ती अगमसिंह गिरी मेमोरियलबाट माध्यमिक अनि बिजनबारी विद्यासागर उच्चतर हाईस्कुलबाट उच्च माध्यमिक उतिर्ण गरेका हुन। त्यसपछि कानुन विषय लिएर उत्तर बंगाल विश्वविद्यालयबाट बिएएल लबि अनि त्यहीँबाट एलएलएम समाप्त गरि न्यायिक सेवामा लागेका डा. सुब्बाले वर्ष २००८ मा नै युजिसी नेट पनि पूर्ण गरिसका छन्। हाल कुचबिहार जिल्ला अदालतमा कार्यरत अधिवक्ता डा. सुब्बा शास्त्रीय संगीतमा रुचि राख्ने साथै एक उत्कृष्ट भायोलिन वादक पनि हुन्।

About Author

Advertisement