भागोप्रमोद्वारा खरसाङ नगरपालिकाको १८ नम्बर वार्डको भ्रमण

IMG-20230403-WA0253.jpg

खरसाङ: खरसाङ नगरपालिकाद्वारा सरकारी आवास योजना एचएफए लिएर लाभार्थीहरूलाई घर बनाउनमा भईरहेको समस्या विषयमा निरीक्षण गरी रिपोर्ट तयार गर्ने कार्यमा आज तीब्रतापूर्वक निरीक्षण गरिरहेका छन्। यसै क्रममा जीटीएको मुख्य कार्यपाल तथा भागोप्रमो अध्यक्ष अनित थापालाई सुम्पिन हेतु भारतीय गोर्खा प्रजातान्त्रीक मोर्चा खरसाङ टाउन कमिटी नेतृत्व तथा प्रतिनिधिगणले वार्ड नम्बर १८ को भानु टोल तथा ईगल भीऊ रोड, नयाँ बजार पाखामा बाइस जना लाभार्थीहरूको घर दैलोमा गएर निरीक्षण गरेका छन्। यस क्रममा १८ नम्बर वार्डको युवा शक्तिको मूल सचिव महेश शर्मा तथा १८ नम्बर वार्ड नारी शक्तिका सदस्य सुचित्रा लामा, शान्ता छेत्री, सुजाता श्रेष्ठ, सरोजा चौहान, तथा शर्मिला गुरुङकाे सहयोगमा निरीक्षण गरी रिपोर्ट तयार गरियो भने आजको धारावाहिक कार्यक्रममा टाउन कमिटीका सह सचिव बीरबल पाख्रिन, मुख्य सलाहकार भोला राउत, टाउन कमिटी नारी शक्तिका अध्यक्ष सबिता कार्की, उपाध्यक्ष पन्चु बल,चित्रकला लामा, कार्यकारीणी सदस्य नितु गुरुङ, लगायत टाउन कमिटीका कार्यकारीणी सदस्य राजेन प्रधान, बिकाश तामाङ,कल्याण मोक्तान, प्रणय तामाङ, सन्नी तामाङ, संतोष पहरी, रमोद गुरुङ तथा एघार नम्बर वार्डकी नारी शक्तिका सह सचिव रोशनी लामा विशेष रूपमा उपस्थित थिए भनी खरसाङ टाउन कमिटी प्रचार प्रसार सचिव संजय राउतले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement