कुचबिहार: तृणमूल कङ्ग्रेसका प्रवक्ता पार्थप्रतिम रायले शीतलकुची लालबजार क्षेत्रमा बीएसएफ हिरासतमा भएको एक व्यक्तिको मृत्युलाई लिएर बीएसएफप्रति सीधा हमला गरेका छन्। बीएसएफलाई आरोप लगाउँदै उनले भने कि ‘बीएसएफले कुचबिहारका आम जनतालाई छानी-छानी निशाना बनाईरहेको छ। आनन्द बर्मनको गोली हानी हत्या गरिएको थियो।शीतलकुचीका जलाल मियाँलाई बीएसएफले कुटी -कुटी हत्या गरेको छ। आवश्यक परे बीएसएफ विरुद्ध कानुनी कारवाही गरिनेछ।’
स्रोतका अनुसार, गत शनिबार राति कुचबिहारको शीतलकुची ब्लकको गिदलदह मोरिचा गाउँमा भारत-बंगलादेश सीमामा बीएसएफले एक व्यक्तिलाई कुटपिट गरेको थियो। मृतकको नाम जलाल मियाँ हो। मृतकका परिवारले बीएसएफ जवानले जलालको हत्या गरी बीएसएफको वर्दी लगाइदिएको दाबी गरेका छन्। यद्यपि यस सम्बन्धमा बीएसएफबाट कुनै प्रतिक्रिया आएको छैन।