जीटीए चुनाउमा हाम्रो पार्टीका प्रार्थी रहेका प्रबल तामाङ भागोप्रमो-मा सामेल

bha-1024x682-1

टिस्टाभेल्ली: गत जीटीए चुनाउमा तकदाह टिस्टा भेल्ली समष्टिबाट हाम्रो पार्टीका उम्मेदवार तथा युवा नेता प्रबल तामाङले आफ्नो पार्टी त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। दार्जिलिङमा हिज आयोजित एउटा पार्टीको कार्यक्रममा युवा नेता प्रबल तामाङले आधिकारिक रूपमा हाम्रो पार्टीलाई त्यागेर पहाडको सत्तासीन दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भए। यस अवसरमा तिनलाई पार्टीका केन्द्रीय अध्यक्ष अनित थापाले दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा न्यानो स्वागत जनाए। उल्लेखनीय रहोस, प्रबल तामाङले हाम्रो पार्टीको स्थापना कालदेखि नै आफ्नो समष्टिमा पार्टीलाई नेतृत्व दिँदै आइरहेका थिए भने गत जीटीए चुनाउमा तकदाह टिस्टा भेल्ली समष्टिबाट हाम्रो पार्टीको टिकटमा चुनाउ लडेका थिए, जसमा तिनी दोस्रो उप-विजयी बनेका थिए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएपछि प्रबल तामाङले आगामी ४ अप्रेलको दिन भागोप्रमो तकदाह टिस्टा भेल्ली समष्टिका अध्यक्ष तथा क्षेत्रीय सभासद डेण्डुप पाखरीनसित औपचारिक भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।

About Author

Advertisement