कुचबिहार: “सागरदिघीमा जे भयो, त्यही दिनहाटामा पनि गर्ने प्रयास भइरहेको छ। वामपन्थी, बीजेपी, कङ्ग्रेस र असन्तुष्ट तृणमूलको एक गुटले पञ्चायत चुनावको लागि महागठबन्धन बनाउने योजना बनाएका छन्। यदि त्यस्तै हो भने,त्यसको ओखती-मूलो तयार राख्नुपर्छ।” उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले दिनहाटाको पञ्चमाथा मोड़मा तृणमूलको पथ सभालाई सम्बोधन गर्दै पार्टी कार्यकर्ताहरूलाई यस्तो सन्देश दिएका छन्। उनले भने, ‘पञ्चायत निर्वाचनका लागि सागरदिघी शैलीमा गठबन्धन गर्ने योजना भइरहेको छ। यो रोक्नुपर्छ।’ यसबाहेक मन्त्रीले त्यसदिनको बैठकमा भाजपालाई पनि प्रहार गरे। गत हप्ता, बाबा कमल गुहाको बारेमा उदयन गुहाको “विवादास्पद” टिप्पणीले राजनीतिक माहौलमा चर्चा पाएको छ। यसबारे उनले भने, केही वामपन्थी नेताहरू छन्, जसको सिफारिसमा वाम मोर्चाको समयमा नोकरी पाएका थिए। यसबारे जानकारी लिन आज यो सडक बैठक आयोजना गरिएको हो।’ उनले भने कि सीपीएम, फरवर्ड ब्लक,बीजेपी २०१८ को पञ्चायत चुनावमा शुन्य थियो।आगामी पञ्चायत निर्वाचनमा पनि प्रतिपक्ष शुन्यमा रहने व्यवस्था मिलाउनुपर्छ। पञ्चायतको निर्वाचन घोषणा भएपछि नगरका कार्यकर्ता पनि गाउँ–गाउँमा गएर कार्यकर्तालाई सहयोग गर्ने उनले बताए। यसका लागि कार्यकर्ताहरू तयार बस्ने मंत्री बताए।