लोवर बरदाङ वार्डमा सत्तारुढ़ एसकेएम पार्टीको नारी शक्ति गठन

IMG-20230402-WA0312.jpg

बरदाङ: लोवर बरदाङमा राज्यको सत्तारूढ़ दल एसकेएम पार्टीको नारी शक्ति गठन गरिएको छ। पञ्चायत सभापति कुसुम तामाङ, लोवर बरदाङ वार्ड पञ्चायत अरुणा सुनार, सीएलसी उपसंयोजिका तारा तामाङ, अप्पर बरदाङ वार्डस्तरीय उपाध्यक्ष बिनिता छेत्री, पूर्व पञ्चायत प्रताप सिंह राई, लोवर बरदाङ वार्डस्तरीय अध्यक्ष दिपक प्रधान, उपाध्यक्ष रुपेन लिम्बू, महासचिव अमर शर्माको विशेष उपस्थितिमा गठित उक्त नारी शक्तिमा संयोजिका निलम प्रधान, उपसंयोजिका डोमा भोटिया, सचिना मंगर, महासचिव सोनाम तामाङ, सचिव रबिता राई, स्मिता परियार, समन्वयक ट्रेजा , सुजाना सुनार, सल्लाहकार सबिता गुरुङ र नुमा बराईली रहेको छ भने सदस्यहरुमा निशा दूतराज, अञ्जना सुब्बा, डोमा शेर्पा, सुषमा तामाङ, रञ्जिला प्रधान, अनिता रसाईली, निरु राई, शान्ति राई, मन्जु राई, दिल माया थामी, राम माया सुनार अनि प्रिस्किला सुनार रहेकी छन्। यस कार्यक्रममा पञ्चायत सभापति कुसुम तामाङ अनि सीएलसी उपसंयोजिका तारा तामाङ, संयोजिका निलम प्रधान र महासचिव सोनाम तामाङ, सचिव रबिता राईले सम्बोधन गरेकी थिइन्।

About Author

Advertisement