मुख्यमन्त्री पीएस गोलेले गरे देवभूमि र द्वारकाधीश मन्दिरको दर्शन

IMG-20230402-WA0311.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले गुजरातको देवभूमि द्वारकास्थित नागेश्वरी ज्योतिर्लिङ्ग अनि द्वारकाधीश मन्दिरको दर्शन गरे। यस अवधि उनले त्यहाँ सिक्किम अनि सिक्किमेली जनसमुदायको सुख, शान्ति अनि समृद्धिको निम्ति पूजा अर्चना गरे।

यस अघि मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो प्रसिद्ध द्वारकाधीश मन्दिरको दर्शन गरे। उनले द्वारका मन्दिरका पुजारीले मन्त्रजपसहित भगवान द्वारकाधीशको पूजा, पादुका पूजा गरेका थिए। यी दुवै कार्यमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँगै राज्यका भवन तथा आवास विभागीय मन्त्री सञ्जीत खरेल, बर्फुङका विधायक टीटी भोटिया, जङ्गुका विधायक पिञ्छो नामग्याल लेप्चा, सिक्किम हाउस नयाँ दिल्लीका आवासीय आयुक्त अश्विनी चन्द, मुख्यमन्त्रीका सचिव एसडी ढकाल लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement