२ अप्रेलः श्रीलंकाले पहिलो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा न्यूजील्याण्डलाई सुपर ओभरमा पराजित गऱ्यो। म्याचमा श्रीलंकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनायो। जवाफमा न्यूजील्याण्डले पनि २० ओभरमा ८ विकेट गुमाएर १९६ रन नै बनाउँदा म्याच टाई भयो। त्यसपछि म्याचको फसेला सुपर ओभरमा भयो। सुपर ओभरमा न्यूजील्याण्डले पहिला ब्याटिंग गर्दै 8 रन बनायो। जवाफमा श्रीलंकाले २ बलमै १२ रन बनाएर म्याच जित्यो। यसअघि अकल्याण्डमा खेलिएको म्याचमा पहिला ब्याटिंग गर्दै श्रीलंकाले चरिथ असलंकाको ६७ र कुसाल परेराको ५३ रनको सहायताले १९६ रन बनायो। आयोजक न्यूजील्याण्डका बलरहरूमा जेम्स नीशमले २ विकेट लिए। जवाफमा न्यूजील्याण्डबाट डेरल मिचेलले सर्वाधिक ६६ रन बनाए। यसबाहेक मार्क चापम्यानले ३३ र रचिन रविन्द्रले २६ रनको योगदान दिए। म्याचमा असाधारण ब्याटिंग गर्ने असलंकालाई प्लेयर अव् द म्याच चयन गरियो।