तृणमूल र भाजपाले पैसा र सरकारी संयन्त्रको सहारामा पञ्चायत कब्जा गर्न खोजिरहेका छन्: शंकर मालाकर

9a0af72f-e9d1-4991-9414-1fca262398f4-1

सिलगढी: वरिष्ठ कङ्ग्रेस नेता तथा पूर्व विधायक शंकर मालाकरले राज्यमा सत्तासिन तृणमूल कङ्ग्रेसको बारेमा विस्फोटक बयान दिएका छन्। मालाकारले, कङ्ग्रेसलाई लुटेर तृणमूल बनेको र आज पनि कङ्ग्रेसलाई कमजोर बनाउने काम भइरहेको बताए । यति मात्र होइन, उनले तृणमूल र भाजपाले पैसा र सरकारी संयन्त्रको प्रयोग गरेर पञ्चायत कब्जा गर्ने प्रयास गरिरहेको बताए। कङ्ग्रेसका दार्जिलिङ जिल्ला अध्यक्ष मालाकारले, कङ्ग्रेस अहिले संगठनात्मक रूपमा कमजोर भएको बताए। शंकर मालाकरले भने कि भाजपाले पैसाको झोला लिएर ईडी र केन्द्रीय एजेन्सीहरूको सहारामा पञ्चायतहरू कब्जा गर्न खोजिरहेको छ भने तृणमूल कङ्ग्रेसले प्रशासन प्रयोग गरेर पञ्चायतहरू कब्जा गर्न खोजिरहेको छ। पञ्चायत निर्वाचनलाई ध्यानमा राखेर पार्टीलाई सुदृढ बनाउने प्रयास भइरहेको छ।

About Author

Advertisement