५०० भन्दा बढी परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

IMG-20230402-WA0123.jpg

दार्जीलिङ: दार्जीलिङको जज बजार स्थित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय कार्यालयमा आयोजित सामेल कार्यक्रममा ५०० भन्दा बढी परिवार पार्टीमा सामेल भएको जानकारी पार्टीका केन्द्रीय प्रवक्ता केशव राज पोख्रेलले दिएका छन्।

पोख्रेलले दिएको जानकारी अनुसार हाम्रो पार्टीका जीटीए सभामा प्रार्थी रहेका चुङथुङ मारेबुङ समष्टिबाट बन्टी गुरुङ, तक्दाह टिस्टा भ्याली समष्टिबाट प्रबल थापा अनि हाम्रो पार्टीका पुबछिरिङ पाण्डम समष्टिका अध्यक्ष वसन्त खालिङ छन। त्यसरी नै रङली रङलियत समष्टि तृणमूलका नेता सुदेश सुब्बा, पुबछिरिङ पाण्डमबाट मधुकर शर्मा (जीटीए सभाको निर्दलीय प्रार्थी), यही समष्टिका अध्यक्ष (गोजमुमो) साथै विमल गुरुङ का निकटका नेता समीर कुलुङ राई, जीएनएसएफ, दार्जीलिङ शाखाका पूर्व सचिव प्रिया शर्मा रहेका छन्।

हाम्रो पार्टीबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुनु आएका नेताहरुलाई स्वागत गर्दै प्रमोस्कर ब्लोनले भने, “चुङ्थुङ्ग मारेबुङका बन्टी गुरुङ भाइले म संग बसेर ममु खायो भनेर उ माथी हाम्रो पार्टीले संकुचित राजनीति गर्यो।”
उनले थप भने, “मैले जति हाम्रो पार्टीमा बनाएको छु, त्यो चाहिँ म भत्काउँछु। त्यो मेरो अधिकार हो।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement