२ अप्रेलः मुम्बईको के११ स्कूल अव् फिटनेस साइन्सबाट सुकनाका जयराज प्रधानसित ५ जनाले पर्सनल ट्रेनिंगमा डिप्लोमा हासिल गरेका छन्। डिप्लोमा हासिल गर्नेहरूमा सुकनासहित अन्य ६ वटा स्थानमा ब्राञ्च भएको हिमालयन जिमका कर्णधार जयराजको साथमा अयुष गुरुङ (तीनधारे), सोनम छिरिंग लेप्चा (सुकना), दिपेश टोप्पो (मोहोर गाउँ) र नन्दिता छेत्री (सुकना) सामेल छन्। आठ महिनाको कोर्सपछि यी पाँचजनाले के११ स्कूल अव् फिटनेस साइन्सबाट पर्सनल ट्रेनिंगमा डिप्लोमा हासिल गरेको जयराजले बताए, जो के११ स्कूलका दूत पनि हुन्। जयराजले भने, फिटनेस इण्डस्ट्री अहिले सर्वत्र द्रुत गतिमा विस्तार भइरहेको छ अनि युवाहरूले यस स्कूलबाट ट्रेनिंग हासिल गरी पर्सनल ट्रेनरको रूपमा आफ्नो करियर पनि बनाउन सक्छन्। इच्छुक युवाहरूले निम्न उल्लेखित नम्बरमा सम्पर्क गर्न सक्छन्ः
९८३२४२३८८७ (जयराज प्रधान)











