काठमाडौं: नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरु नियुक्त गरेका छन्। उनले सत्ता गठबन्धनका दलहरुबाट नयाँ मन्त्री नियुक्त गरेका हुन्।
नयाँ मन्त्रीमा नेपाली काँग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएका छन्।काँग्रेसले ८ मन्त्रालय पाएकोमा बाँकी पछि नियुक्त हुने भएका
छन्।प्रचण्ड नेतृत्वको सीपीएन एमके बाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री सहित गृह, शक्ति बस्नेत ऊर्जा मन्त्री नियुक्त भएका छन्। उक्त दलबाट अन्य तीनमन्त्री यथावत् नै छन् ।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट अशोक राई शिक्षामन्त्री भएका छन्। उक्त दलबाट अर्को मन्त्री पछि नियुक्त हुनेछ।
माधवकुमार नेपाल नेतृत्वको सीपीएन यूएसबाट वेदुराम भुसाल कृषि र प्रकाश ज्वाला भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छन्।महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट शरदसिंह भण्डारी श्रम, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट महेन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त भएका छन्।
तीन महिनामा प्रचण्डले सातौं पटक मन्त्रिमण्डल विस्तार र हेरफेर गरेका हुन्। अझैपनि मन्त्रिमण्डलले पूर्णता पाएको छैन। नेपाली काँग्रेसभित्र मन्त्री बन्ने विवादले चारजनाको नाम अझै टुंगो लाग्न सकेको छैन।