विभिन्न मांगहरू लिएर भाजपा टोलीद्वारा दार्जिलिङ जिल्ला शासकलाई ज्ञापन

IMG-20230329-WA0248.jpg

दार्जिलिङ: आज भाजपा दार्जीलिङ जिल्ला समितिको पक्षबाट एक टोलीले विभिन्न विषयहरूलाई लिएर दार्जीलिङको जिल्ला शासक समक्ष ज्ञापन पत्र चढ़ाएका छन्। दार्जिलिङ जिल्ला शासक एस पुनमबालमलाई ज्ञापन दिने टोलीमा भाजपा दार्जिलिङ जिल्ला पदाधिकारीहरू क्रमैले भाजपा जिल्ला सचिव पीसी थापा, जिल्ला कार्यकारी सदस्य रोशन गुरुङ,भाजयुमो राज्य सदस्य सञ्जीब लामा, भाजयुमो जिल्लाध्यक्ष निरज राई, कोषाध्यक्ष सावन सुब्बा, जिल्ला सोसियल मिडिया सह प्रभारी सञ्जय शर्मा, सदर ४ मण्डल अध्यक्ष भरत सुब्बा,पान्दम फुबछिरिङ मण्डल अध्यक्ष राजीव राई अनि अन्य कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। भाजपाको उक्त टोलीले विभिन्न मांगहरू जिल्ला शासक समक्ष ज्ञापनमार्फत् राखेका थिए। यसमा पहाडको धेरै गाउँहरुबाट प्राप्त जानकारी अनुसार केन्द्रीय सरकारद्वारा प्रायोजित हर घर जल योजनामा सरकारी निर्देशिका अनि योजना बमोजिम काम भएको छैन। निम्नस्तरका सामाग्रीहरु जडान गरिएको छ। काम गुणस्तरीय छैन। अति लापरवाही हुँदैछ। यस्तो लापरवाहीमाथि नागरिक प्रशासनका समयमा निगरानी गरी उचित कारवाही गरियोस् भनी अनुरोध गरिएको छ। त्यसरी नै भ्रष्टाचारमा लिप्त भएकाहरुप्रति केन्द्रीय जाँच गराउने अविलम्ब प्रक्रिया गरियोस् भनी ज्ञापनमा उल्लेख गरिएको जानकारी प्राप्त भएको छ। भाजपा टोलीले मनरेगा योजना ग्रामीण ठाउँको विकास अनि जनताको रोजगारी सुनिश्चित गर्ने योजना हो भन्दै यसमा दार्जिलिङ पहाडमा व्यापक धाँधली भएको रिपोर्ट सरकारकहाँ पुगिसकेको छ र यसको उचित छानबीन गरेर कार्यवाही गर्नु पर्ने तर योजना जनताको पक्षमा झट्टै सुचारु होस् भन्ने मांग गर्दछ भनी उल्लेख गरिएको छ। भाजपाले जिल्ला शासक समक्ष चियाबारीको जनतालाई घर घडेरी र कृषि जमीन सबैको असली वा सक्कली पट्टा दिने व्यवस्था होस् भन्ने माग गरेका छन्।

यस विषयमा जिल्ला प्रशासनको पहलमा सर्वदलीय सभा झट्ट बोलाइयोस् भनी मांग पनि राखिएको छ। त्यसरी नै सरकारी राशन नियमित अनि स्केलमा वितरण भएको छैन भन्दै यसको कडा निगरानी गरी जनताको हक सुनिश्चित गरियोस् भनी भाजपा टोलीले जिल्ला शासक समक्ष मांग राखेका छन्। त्यस्तै प्रकारले सरकारी विभागहरुमा हुने नियुक्तिमा दार्जीलिङ पहाडको लागि पहाडकै शिक्षित अनि योग्य उम्मेदवारहरुलाई प्राथमिकता र अवसर दिनुपर्ने मांग गर्दछौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement