हाम्रो पार्टीको ब्लक पर्यवेक्षकद्वारा पार्टीका नेतृत्वहरूसँग बैठक सम्पन्न

00-1-IMG-20230329-WA0188

दार्जीलिङ: आउँदोदिनमा सम्पन्न हुने पंचायत चुनावलाई ध्यानमा राख्दै हाम्रो पार्टीले चुनाव कसरतलाई तीव्र रूप दिनु थालेको छ। यसैक्रममा आज कालेबुङ जिल्लाको ४५ नम्बर समष्टिअन्तर्गत पर्ने ररोंगो जलढाकामा हाम्रो पार्टीको सभा सम्पन्न भयो। सभामा हाम्रो पार्टीको ब्लक पर्यवेक्षक राज कुमार राई विशेष रूपमा उपस्थित रहेको थियो। त्यसरी नै हाम्रो पार्टीको समष्टि अध्यक्ष पेमा दोर्जे मोक्तान, सचिव अमिर गुरूङ, उपाध्यक्ष पवन सुनुवार, केन्द्रीय कमिटी सदस्य दिपेश गुरूङ आदि उपस्थित रहेका थिए। सभामा हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितालाई सर्वसाधारण मज पुर्याउने संकल्प कार्यकर्ताहरूले लिए।

About Author

Advertisement