अजय एडवर्डको सहयोगमा सिम्बल डाँडामा बाटोको खनन् कार्य जारी

IMG-20230329-WA0280.jpg

आजसम्म एडवाडर्सले ३ सय भन्दा धेर बाटोहरूको खनन कार्य गरी सकेको छ

दार्जीलिङ: सिम्बल डाडाँमा बाटोको खनन कार्य जारी छ। सुकिया मानेभञ्ज्याङ समष्टि अन्तर्गत मझुवा ग्राम पञ्चायतको सिम्बल डाँडाको बीच भागका बासिन्दाहरूले बाटोको अभावमा समस्या झेल्दै आईरहेका थिए। स्थानीय बासिन्दाहरूले जीटीएको विभिन्न विभागहरूदेखि अन्य विभागीय अधिकारीहरू समक्ष बाटो निर्माणको धेरै गुहार लगाउँदै आईरहेको भएता पनि गाउँलेहरूको पुकारलाई कसैले कुनै पत्तो नदिन्दा स्थानीय बासिन्दाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स समक्ष बाटो निर्माणको गुहार लगाउँदा एडवाडर्सले एकै वचनमा बाटोको खनन कार्य गरिदिने वचन दिएपछि जेसीपी पठाई दिएर बाटोको खनन कार्य शुरू गरिएको छ।

स्थानीय बासिन्दाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डप्रति आभार जनाउँदै अजय एडवर्ड जनताको समस्या बुझ्ने नेता रहेको बताउँदै यस्ता नेता पहाडलाई चाहिएको छ भन्ने बताएका छन्। स्मरण रहोस् हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले आजसम्म ३ सयभन्दा धेर बाटोहरूको खनन कार्य गरी दिएर गाउँहरूमा गाडी पुग्न थालेको छ हाम्रो पार्टीले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement