राजगञ्ज: बेलाकोबा रेञ्ज वन विभाग र सिलगढी स्पेशल टास्क फोर्सले संयुक्त अभियान चलाएर ५० लाख रुपियाँको सैगुनको लट्ठा उद्धार गरेको छ। यसको साथै एकजना व्याक्तिलाई पनि पक्राउ गरेको छ। आज बुधवार बिहान वन कर्मीहरूले सिलगढी- जलपाइगढी नेशनल हाईवे संलग्न जलपाइगढी रानी नगर इलाकामा अभियान चलाएर एउटा कन्टेनर रोकेर छानबिन गर्दा ५० लाख रूपियाँ मूल्यको सैगुनको लट्ठा फेला पारेको छ। उक्त घटनामा चालक अजितलाई पक्राउ गरेको छ। तिनी हरियाणा निवासी रहेको बताइएको छ। वन विभाग सूत्र अनुसार, बेलाकोबा रेञ्ज र सिलगढी एसटीएफले संयुक्त अभियान चलाएर ५० लाख रुपियाँ मूल्यको सैगुनको लट्ठा जफत गरेको छ। उक्त लट्ठा वाहनमा हालेर गुवाहटीदेखि कोलकाता लगिरहेको थियो। पक्रा पर्ने व्याक्तिलाई भोली जलपाइगढी जिल्ला अदालतमा पेश गरिनेछ।