गान्तोकः मुम्बईमा आयोजित नर्थ इस्ट फिल्म फेस्टिभल २०२३ मा सिक्किमका दुई फिल्म निर्माता पुरस्कृत भएका छन्। सिक्किमका फिल्म निर्माताद्वय अमिर गुरुङ र अभिषेक छेत्रीलाई फेस्टिभलमा उत्कृष्ट निर्देशक पुरस्कारले सम्मानित गरिएको छ।
अमिर गुरुङको लघु फिल्म मिथले बेस्ट डायरेक्टर सर्ट फिल्म (सिल्भर) पुरस्कार र अभिषेक छेत्री बेस्ट डायरेक्टर (जुरी) पुरस्कारले सम्मानित बनेका छन्। नर्थ इस्ट फिल्म फेस्टिभलको निम्ति सिक्किमबाट छवटा फिल्म चयनित भएको थियो।