एसआईआरडीद्वारा २२ वटा विद्यालयलाई लिएर अभिमुखी कार्यक्रम आयोजित

IMG-20230325-WA0330.jpg

गान्तोक: स्टेट इन्सटीट्युट अफ रूरल डेभलोपमेन्ट र पञ्चायत राज रूरल डेभलोपमेन्ट विभागको संयुक्त पहलमा स्वास्थ्य गाउँमाथि विभिन्न विद्यालयहरूलाई अभिमुखी कार्यक्रम आयोजना गरियो। यस प्रकारको कार्यक्रम २२ वटा उच्चत्तर माध्यमिक विद्यालयलाई लिएर कार्यक्रम आयोजना गरियो।जसलाई मुख्यतया किशोर स्वास्थ्य, मानसिक स्वास्थ्य, मादक पदार्थ दुरुपयोग, पोषण, महिनावारी सरसफाई लगायत अन्य विषयमा अनलाइन तालिम प्रदान गरियो। अनलाइन कार्यक्रममा एसआईआरडीका निर्देशक शाल मुखिया, पाठ्यक्रम निर्देशक वरुण क्षेत्री, लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति थियो। यस अवसरमा विभागका निर्देशक विशाल मुखियाले एलएसडीजीको जनादेशमाथि प्रकाश पार्दै कार्यक्रम आयोजना गरिनुको मुख्य लक्ष्य र उद्देश्यबारे जानकारी गराए स्वास्थ्य गाउँको उद्देश्य समुदायका सदस्यहरूको सामाजिक र मनोवैज्ञानिक कल्याण साथै राम्रो स्वास्थ्य समाजको निम्ति सबैभन्दा उत्तम रहने बताए। विद्यार्थीहरू विभिन्न गाउँबाट आउने भएकाले सामान्य जनसङ्ख्यामा पुग्नका लागि अनलाइन सबैभन्दा राम्रो माध्यम रहेको अवगत गराए। यसै क्रममा कोर्स निर्देशक बरूण छेत्रीले यस अभिमुखी कार्यक्रमको दिशानिर्रेदश र एसओपीबारे अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement