गान्तोक: राज्यमा केही दिन अघिदेखि कोरोना संक्रमित रोगीहरू फेला निरन्तरूपमा फेला परिरहेको छ। यसै क्रममा आज कोरोनाको दुईजना कोरोना संक्रमित रोगी फेला परेको स्वास्थ्य विभागले जानकारी गराएको छ।
राज्यको स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्ट अनुसार हिजो २९ जनाले कोरोनाको जाँच गरेका थिए, जसमा पाकिम र गान्तोक जिल्लाबाट १ जना गरी कुल २ जनामा संक्रमण पाइएकाे छ। रिपोर्ट अनुसार गान्तोक जिल्लाबाट १२, पाकिम जिल्लाबाट १२, सोरेङ जिल्लाबाट २ र गेजिङ जिल्लाबाट ३ व्यक्तिले कोरोनाको जाँच गराएका थिए।
हाल राज्यमा कोरोनाको सक्रिया मामिला ९ रहेको छ। रिपोर्ट अनुसार हाल राज्यको दैनिक कोरोना संकमण दर ६.८ प्रतिशत तथा साप्ताहिक संक्रमण दर १ प्रतिशत रहेकाे छ।
कोरोना शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३३८ जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये ४३ हजार ४५ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्। कोरोनाको कारण राज्यमा हालसम्म ५ सय जनाले ज्यान गुमाइसकेका छन्।