मुख्यमन्त्री तामाङले गरे ४९औं टीसीसी अनि ईआरपीसी सभाको उदघाटन

IMG-20230323-WA0259.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राजधानीस्थित चिन्तन भवनमा आयोजित पूर्वीय क्षेत्र विद्युत समितिको ४९औं टीसीसी अनि ईआरपीसी सभाको उद्घाटन गरे। सिक्किम सरकार अनि सिक्किम ऊर्जाको संयुक्त सहकार्यमा आयोजित यो दुई दिवसीय सभामा राज्यका ऊर्जा मन्त्री एमएन शेर्पा अनि सिक्किम ऊर्जाका कार्यकारी अध्यक्ष सुनिल सरोगीको विशेष उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री तामाङले सभामा उपस्थित देशका विभिन्न राज्यबाट आएका प्रतिनिधिहरुलाई सिक्किमकोतर्फबाट स्वागत जनाए। सिक्किम ऊर्जा राज्यको निम्ति मात्र नभएर सम्पूर्ण देशकै निम्ति गर्व गर्ने कारण रहेको मुख्यमन्त्रीले बताए। सिक्किम उर्जाले सिक्किमे नागरिकप्रतिको प्रत्येक जिम्मेवारीहरु पूरा गरिरहेकोमा उनले खुशी प्रकट गरे। उपस्थित सम्पूर्ण प्रतिनिधिहरुलाई सिक्किमको प्राकृतिक सौंदर्यको आनन्द उठाएर फर्किने अनि आ – आफ्नो ठाउँमा पुगेर अवश्यै सिक्किमको प्राकृतिक सौँदर्यको ब्राण्ड एम्बासेडर बन्ने मुख्यमन्त्री तामाङले आग्रह गरे। दुई दिवसीय सभाको सफलताको कामना गर्दै सिक्किममा प्रथमपल्ट भएको सभामा आफूले भाग लिन पाएकोमा खुशी व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *