नियुक्ति भ्रष्टाचारमा मौसमी कयालको जोडियो

Screenshot_20230323_221054_Samsung-Internet.jpg

कोलकाता: बिहिवार न्यायालयमा कुंतल घोषले मौसमी कयाल नाम गरेकी एक महिलाको नाम शिक्षक नियुक्ति घोटालामा संलग्न रहेको खुलासा गरे। उनले सो महिला तापस मण्डलको निम्ति एजेन्टको रूपमा काम गर्ने गरेको बताए। मौसमी ती नै महिला हुन् जो कामदूनीमा कडा विरोधका कारण चर्चामा आएकी थिइन्। यस अघि पनि शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा उनको नाम अघि आएको थियो, जसपछि उनी मिडिया समक्ष आएर तापस विरूद्ध धेरै गम्भीर आरोपहरू लगाएकी थिइन्। महिषबाथनमा तापसको ट्रेनिङ सेन्टरमा उनी काम गर्थिन्।उल्लेखनीय छ, हालैमा शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा धेरै जनालाई पक्राउ गरिएको छ, जसमा तृणमूल नेता शांतनु ब्यानर्जी, उनको नजिकको व्यक्ति अयन सिल आदि समोल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement