गीति प्रस्तुति ‘हाम्रो दार्जीलिङ’ यूट्यूबमार्फत लोकार्पित 

00-1-IMG-20230323-WA0225

सिलगढी: बुधबार सालबारीस्थित गोम्देन टी-बारमा आयोजित एक सुन्दर कार्यक्रमबिच ‘हाम्रो दार्जीलिङ’ नामक गीति प्रस्तुति यूट्यूबमार्फत लोकार्पण गरियो। यो लोकार्पण कार्यक्रमलाई विशिष्ट साहित्यकार नरबहादुर दाहालले अध्यक्षता गरेका थिए। लोकार्पण अध्यक्ष अनि उपस्थित विशिष्ट अतिथिहरूका बाहुलीबाट गरियो। लोकार्पण भएको घोषणा अध्यक्ष दाहालले गरे। वरिष्ठ कवि हेमन्त काफ्लेद्वारा सञ्चालन गरिएको यस कार्यक्रममा प्रसिद्ध गायक सङ्गीतकार बद्री खरेल, वरिष्ठ कवि-अध्येता-चिन्तक ज्ञानेन्द्र खतिवड़ा, सालबारी सेवा समाजका अध्यक्ष वरिष्ठ कथाकार-उपन्यासकार राजेन मोक्तान, वरिष्ठ समाजसेवी एवं सालबारी सेवा समाजका सचिव विजयकुमार सुब्बा, अवकाशप्राप्त डीएसपी निर्मल सिन्चुरी, राष्ट्रपति मेडलद्वारा सम्मानित अवकाशप्राप्त प्रहरी अधिकारी पूर्ण मंगर, वरिष्ठ कथाकार-चित्रकार सुवास छेत्री, वरिष्ठ रम्भास कवि लीलबहादुर सुनार, सङ्गीतकार नरवीर रसाइली, गायिका रन्जिता सुनार, गीतकार कालूसिंह रनपहेंली, गीतकार विनय राई, सङ्गीत-संयोजक डुप्छेन लामा, वाद्यवादक देवराज सुनार, सुकृति सुनार, चिया उद्योगबाट अवकाशप्राप्त अधिकारी अरूण गोम्देन, गोम्देन टी-बारका स्वामी अनन्त गोम्देन आदिको उपस्थिति रहेको थियो। यस अवसरमा वरिष्ठ सङ्गीतकार नरवीर रसाइलीले स्वागत सम्बोधन राख्दै सङ्गीतकारको हैसियतमा आफ्ना कुराहरू राखे। गीतकारको हैसियतमा कालूसिंह रनपहेंलीले कुराहरू राखे भने गायिकाको पक्षमा रञ्जिता सुनारले बोलिन्। वरिष्ठ गायक-सङ्गीतकार बद्री खरेल अनि वरिष्ठ कवि-अध्येता-चिन्तक ज्ञानेन्द्र खतिवड़ाले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए। अध्यक्ष विशिष्ट साहित्यकार नरबहादुर दाहालले गीत-सङ्गीत सन्दर्भमा रोचक संस्मरणहरू बताउँदै आफूले गरेका गीत रचनाहरूसित उहिले गरिएका कार्यक्रमहरूबारे बताउँदै वरिष्ठ सङ्गीतकार-गायक गणेश रसिकसितका रोचक संस्मरणहरू साझा गरे अनि लोकार्पण भएको गीति प्रस्तुतिको निम्ति टोलीलाई बधाई दिए। लोकार्पित गीतका प्रस्तुति टोली यस प्रकार छन्-

स्वर : रञ्जिता सुनार अनि साइराज खाती

सङ्गीतकार – नरवीर रसाइली

गीतकार- कालूसिंह रनपहेली

संयोजक – राजु सुन्दास

रेकर्डिङ – सोनिक स्टुडियो, खरसाङ

रेकर्डिस्ट – उपेन्द्र प्रधान

यूट्यूब लिङ्क- https://youtu.be/nBViSO7guoc

https://www.youtube.com/watch?v=nBViSO7guoc

About Author

Advertisement