मङपु गुम्बामा कार्पो छ्योगे ङन्युने ब्रत समाप्त

IMG-20220615-WA0123.jpg

लाचुङ रिन्बोछेको बाहुलीबाट अभिषेक वितरण

मङपु: डिन्छेन शेराब छ्योइलिङ गुम्बा मङपुमा सागा दावाको पवन अवसरमा चलिरहेको कार्पो छ्यागे ञ्युङने ८ छ्या ङन्युने ब्रतको आज आए समाप्त भएको छ। पुजाको अन्तिम बुधबारको दिन (दुःख मुक्ति रूप साधना) (दुग्ङाल राङड्रोल)को अभिषेक सिक्किम देउराली छ्योर्तेन गुम्बा का “महामहिम कुन्जाङ तेन्पे ग्याल्छेन(लाछुङ रिन्पोछे) साथै टुल्कु जिग्मी ठिन्ले दोर्जे को बहुलीबाट भक्तजनहरुलाई आशीर्वाद एवं अभिषेक(वाङ) प्रदान गरियो।
आज मङपु डिन्छेन शेरप छ्योलिङ गुम्बामा दार्जिलिङ, कालेबुङ, खरसाङ, सिलगुडी, डुवार्स अनि मङपुवरिपरि क्षेत्रबाट हजारौं श्रद्धालु भक्तजनहरु अभिषेक ग्रहण गर्न उपस्थित रहेका थिए।
गुम्बामा पुजा अवधी सहयोग गर्नुहुने सम्पुर्ण धर्मअनुरागी भक्तजनहरु साथै सिक्किम देउराली छ्योर्तेन गुम्बा का” महामहिम कुन्जाङ तेन्पे ग्याल्छेन(लाछुङ रिन्पोछे) प्रति
डिन्छेन शेराब छ्योइलिङ गुम्बाका धर्मगुरु पालजोर लामाले आभार ब्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement