कोलकाता: विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पश्चिम बङ्गालको राजधानी कोलकाताको एउटा नालीको पानीमा पोलियोको जीवाणु पाएको छ। यसलाई लिएर राज्य स्वास्थ्य विभागका साथै केन्द्रीय स्वास्थ्य मन्त्रालयको पनि चिन्ता बढेको छ। यस सम्बन्धमा राज्यका स्वास्थ्य निदेशक सिद्धार्थ नियोगीले भने, ‘पोलियो भाइरस मटियाब्रुज क्षेत्रमा पाइएको छ। क्षेत्रमा आवश्यक निगरानी कार्यक्रम चलिरहेछ। निवारक उपाय गरिएको छ। कतै कसैमा संक्रमण त भएको छैन, यसको पनि जाँच भइरहेछ। स्वास्थ्य विभागको तर्फबाट राज्यका सबै मेडिकल कलेजहरूमा आवश्यक दिशा निर्देशहरू भएको पत्र पुगिसकेको छ।’ यसमा भनिएको छ, यदि एक जन्मजात रोग अथवा रोग प्रतिरोधक क्षमता कम भएको कुनै नानी भर्ती गराइन्छ भने मलको तत्काल जाँच गर्नु जरूरी छ। यस बाहेक यस्ता नानीहरूका अभिभावकहरूसित खुल्लामा शौच नजान पनि भनिएको छ।
स्वास्थ्य विभागको स्रोतहरू अनुसार, पोलियो संक्रमणको स्थितिलाई बुझ्नका लागि विश्व स्वास्थ्य संगठनले विभिन्न हिस्साहरूबाट जलको नमूना संग्रह गरिएको थियो। यही अवधिमा मई महिनाको अन्तमा कोलकाता नगरनिगमको अल्पसंख्यक बहुल क्षेत्र मटियाब्रुज क्षेत्रको नालीको पानीमा पोलियोको जीवाणु भेटिएको छ। स्वास्थ्य विभागले भनेको छ, पोलियाको भीभीपीभी टाइप वन जीवाणु भेटिएको छ। यसअघि सन् २०११ मा हावडाको एक दुई वर्षीय नानीको शरीरमा पोलियाको संक्रमण भएको थियो। त्यसपछि आजसम्म संक्रमणको एउटै पनि मामिला अघि आएको छैन। त्यस नानीमा पोलियोको संक्रमण देशको अन्तिम पोलियो संक्रमण पनि थियो। त्यसपछि २०१४ को १७ मार्चमा डब्ल्यूएचओले भारतलाई पोलियो मुक्त देश घोषित गरेको थियो। कोलकातामा पोलियो जीवाणु भेटिएपछि जाँच प्रक्रिया शुरू गरिएको छ।










