समाजलाई घेरिरेहेका चुनौतीपूर्ण समस्याहरू बारे लोवर मामरिङमा जनचेतनामूलक कार्यक्रम

00-1-M-f399c620-aa3d-4d15-be98-7b16f3f699f0

खरसाङ: समाजलाई घेरिरेहेका चुनौतीपूर्ण समस्या मानव तस्करी, ड्रग्सको दुर्व्यसन, मद्पान (जाँडरक्सी), आत्महत्या जस्ता विषयहरू बारे बिहीबार (२३ मार्च) सिटोङ-२ अन्तर्गत लोवर मामरिङको मामरिङ तोरयोक उच्चतर माध्यमिक विद्यालयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भयोl अन्तर्राष्ट्रिय नारी दिवस पालन गर्नका लागि जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियोl ८ मार्चमा केही विशेष कारणले पालन गर्न नपाए पनि बिहीबार सो कार्यक्रम सो क्षेत्रमा रहेको दिशा केन्द्रकी सचिव सिस्टर रंजिनीको सक्रियतामा आयोजना गरिएको थियोl दिशा केन्द्र एउटा सामाजिक केन्द्र हो, जसले युवाहरूलाई आत्मनिर्भर बन्न विभिन्न रोजगारमूलक प्रशिक्षण दिँदै आइरहेको छl यस कार्यक्रमलाई विद्यालयले सहयोग पुर्याएको थियोl शिक्षिका दिप्ती खवासद्वारा संचालित कार्यक्रममा सिस्टर रंजिनीले स्वागत भाषण राखिन्l   

दिशा केन्द्रकी सचिव सिस्टर रंजिनी

विद्यालयका शिक्षिका रूपमती खवासको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा   विध्यालयका प्रधानाध्यापक किरण लामा मुख्य अतिथिको रुपमा उपस्थित थिएl कार्यक्रममा स्रोत वक्ताहरू मानव तस्करीविरुद्ध विशेष अभियान चलाउँदै आएको गैर सरकारी संस्था कन्चनजङ्घा उद्धार केन्द्रका कार्यकर्ता सञ्जय प्रधान, दार्जीलिङ चाइल्डलाइन खरसाङ उपकेन्द्रका टीएम मेम्बरद्वय देवीमाया प्रधान तामाङ र किशोर छेत्री सहभागी थिएl समाजमा बढ्दै गइरहेको मद्पान (जाँडरक्सी) जस्ता विसङगतिहरूको कुप्रभावहरू बारे वक्तव्य प्रस्तुत गरिन्l जाँडरक्सीले एउटा व्यक्तिको निजी जिन्दगी, परिवार साथै समाजमा पर्ने नकारात्मक असरबारे उनले विस्तारमा बताइन्l

दार्जीलिङ चाइल्डलाइन खरसाङ उपकेन्द्रका टीएम मेम्बर देवीमाया प्रधान तामाङ

ड्रग्सको बढ्दो दुर्व्यसनले समाजलाई पुर्याइरहेको क्षति बारे किशोर छेत्रीले आफ्नो वक्तव्यमा बताएl ड्रग्सले एकजना युवाको जिन्दगी र परिवारलाई तहसनहस बनाउने उदाहरणहरू प्रस्तुत गरेl ड्रग्सको दुर्व्यसनबाट आफ्नो छोराछोरीहरूलाई जोगाउन अभिभावकहरू सतर्क रहनुपर्ने सुझाव उनले दिएl विद्यालयकी शिक्षिका अनुले अन्तर्राष्ट्रिय नारी दिवसको महत्व बारेमा आफ्नो वक्तव्य राखिन्l

दार्जीलिङ चाइल्डलाइन खरसाङ उपकेन्द्रका टीएम मेम्बर किशोर छेत्री

सञ्जय प्रधानले मानव तस्करीका घटनाहरू, यसका कारण र रोकथाम अनि कन्चनजङ्घा उद्धार केन्द्रले चलाइरहेको अभियानबारे आफ्नो वक्तव्यमा बताएl यसका साथै मोबाइल फोन र सोसियल मिडियाको दुरुपयोग बारेमा पनि स्रोत वक्ताहरूले वक्तव्य प्रस्तुत गरेl स्रोत वक्ताहरूले बाल यौन उत्पीडनविरुद्ध सबैलाई जागरुक रहने आहवान गरेl कार्यक्रमका मुख्य अतिथि किरण लामाले यस जनचेतनामूलक कार्यक्रम आयोजनाका लागि सिस्टर रंजिनीप्रति आभार प्रकट गरिन्l यस्तो कार्यक्रम समय समयमा भइरहनु समयको आवश्यकता रहेको बताएl कार्यक्रमकी अध्यक्ष रूपमती खवासले आज प्रविधिसँगै सबै अघि बढिरहेको हुनाले गर्दा सतर्क रहनुपर्छ भन्ने आहवान गरिन्l यस कार्यक्रममा विद्यालयका साना साना विद्यार्थीहरूले रमाइलो नृत्य प्रस्तुत गरेl  

कार्यक्रमका मुख्य अतिथि मामरिङ तुरुक उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक किरण लामा
कार्यक्रमकी अध्यक्ष शिक्षिका रूपमती खवास
Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *