मंगनमा मनसुन तयारीलाई लिएर सभा सम्पन्न

Untitled-1-copy-57

गान्तोकः जिल्ला आपदा प्रबन्धन प्राधिकरणको पहलमा आज मंगन जिल्लास्थित जिल्ला प्रशासनिक केन्द्रमा मनसुन तयारीलाई लिएर एक सभा आयोजना गरियो। मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीको अध्यक्षतामा बसेको सभामा पुलिस अधिक्षक, महकुमा अधिकारी, खण्ड विकास अधिकारी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

सभाम आगामी दिनमा मंगन जिल्लामा सम्भावित प्राकृतिक प्रकोप र आपदासँग जुझ्न विभिन्न उपायहरूको बारेमा छलफल गरियो। बैठकमा लाइन विभागहरूबीच राम्रो समन्वयको आवश्यकताबारे पनि छलफल भयो। यसरी नै मनसुनको समयमा देखा पर्ने सडक समस्यालाई गम्भीरतापूर्वक लिँदै सबैले मन्तव्य राखे।

जिल्लापालले अधिकारीहरूसँग अन्तक्रिया गर्दै सम्बन्धित विभागले मनसुनको समयमा काम गर्नुपर्ने कार्यहरूको बारेमा समीक्षा गरे। उनले आगामी मनसुन मौसमका लागि ग्राम पञ्चायत स्तरका अधिकारी र कर्मचारीहरूलाई सतर्क रहन र सोही अनुसार समन्वय गर्न निर्देश दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *