दीनदयाल उपाध्याय ग्रामीण कौशल्य योजना अन्तर्गत जब मेला आयोजित

Untitled-1-copy-58

गान्तोकः राज्य कौशल विकास संस्थान, कौशल विकास विभाग र जिल्ला कौशल समितिको संयुक्त पहलमा आज मंगन जिल्लास्थित नगर पञ्चायत भवन परिसरमा दिनदयाल उपाध्याय ग्रामीण कौशल योजना अन्तर्गत जब मेला र पूर्व विद्यार्थी भेट कार्यक्रम आयोजना गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा जिल्ला अध्यक्ष कादो लेप्चा रहेका थिए भने विशिष्ट अतिथिमा मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीलगायत विभागका अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि कादो लेप्चाले कार्यक्रममा सहभागी बन्न आएका प्रतिभागीहरू र विभिन्न कम्पनीका प्रतिनिधिहरूलाई बधाई दिए। उनले कौशल विकास प्रशिक्षणको महत्वमाथि प्रकाश पारे। एसआईसीबीका मुख्य प्रशासक बिशाल राईले दीनदयाल उपाध्याय ग्रामीण कौशल्य योजना, जब मेला र पूर्व विद्यार्थी भेट कार्यक्रमको बारेमा जानकारी गराए। उनले बताएअनुसार, कौशल विकास विभागले राज्यका युवाहरूको लागि निश्चित स्थानमा आधारित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ।

विभागले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा सबै युवाहरूलाई प्लेसमेन्टको व्यवस्था गरिने पनि उनले बताए। यस मेलामा कूल १४ वटा कम्पनीका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए, जसमा युवाहरूलाई फार्मास्युटिकल, अतिथि सत्कार, ब्याङ्किङ लगायत अन्यमा नौकरी उपलब्ध गराइने छ।

About Author

Advertisement