जंगली हात्तीले लाखौँ रुपियाँको फसल नष्ट गरिदिएकोले कृषकहरू चिन्तित

aspk.jpg

राजगञ्ज: गजलडोबा संलग्न महाराजघाट इलाकामा जंगली हात्तीहरूले ताण्डव मच्चाउँदै केही बीघा जमिनमा लगाइएको फसलहरू नष्ट गरिदिएको छ। यसले गर्दा कृषकहरूको लाखौं रुपियाँको नोक्सान भएको छ।हात्तीको झुण्डले इलाकाको जमिनमा लगाइएको खोर्सानी, भिङ्गिनी र करेलाको खेतीमा उत्पात मच्चाएर सबै फसल नष्ट गरिदिएको छ। ग्रामीणहरूले बताए अनुसार गत अबेर राति लगभग १५-२० वटा हात्तीको झुण्डले उत्पात मच्चायो। केही दिन अघि पनि हात्तीको हमलामा महाराजघाटका माध्यमिक परीक्षार्थीको मृत्यु भएको थियो। उक्त माध्यमिक परीक्षार्थीका पिता विष्णु दासले आफ्नो जमिनमा भिङ्गिनीको खेती गरेका थिए। त्यस जमिनमा पनि हात्तीको झुण्डले उत्पात मच्चाएकोले गर्दै धेरै फसल नष्ट भएको छ। यस्तो स्थितिमा इलाकाका कृषकहरू चिन्तित छन्। यस सम्बन्धमा विष्णु दासले भने, हात्तीको झुण्डले सबै फसल नष्ट गरिदिएको छ। मैले लगभग ८० हजार रुपियाँ खर्च गरेर भिङ्गिनीको खेती गरेको थिए। सबै फसल नष्ट भएको छ। अब के गर्ने भन्ने विषयलाई आफू असमञ्जसमा छु। यसैगरी, इलाकाका अन्य कृषकहरूले पनि हात्तीको झुण्डले उत्पात मच्चाएर सबै फसल नष्ट गरिदिएको गुनासो पोखे। हात्तीको उत्पामा धेरै बीघा जमिनमा लगाइएको फसल नष्ट पारिदिएकोले लाखौँ रुपियाँको नोक्सान भएको कृषकहरूले गुनासो पोखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement