कुचबिहारमा डकैतीको योजना विफल, पिस्तोलसहित ५ पक्राउ

7a657ab3-7f08-4cd8-9a2d-0c22f8214d0a-1024x768-1

कुचबिहार : एम्बुलेन्सबाट आग्नेयास्त्र उद्धार गर्नको साथै घटनामा ५ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूमा राहुल हक, बाप्पा रहमान, साहिद हुसेन, जहिरूल हक र सद्दाम हुसेन सामेल छन्। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा गत राति कुचबिहारको कोतवाली थाना पुलिसले एउटा एम्बुलेन्स रोकेर छानबीन गर्दा धारिलो हतियार सहित एउटा नाइन एमएम पिस्तोल उद्धार गरेको छ। घटनामा ५ जना व्यक्तिलाई पक्राउ गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार माथाभाङ्गा कुचबिहार राष्ट्रिय राजमार्गको बरुयापाड़ा इलाकामा डकैती गर्ने योजना बनाइरहेको थियो। यसबारे गोप्य सुइँको पाएपछि पुलिसले उक्त इलाकामा अभियान चलाएर ५ जना व्यक्तिलाई पक्राउ गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement