कालचिनीको डीमा चियाकमानबाट अवैध काठ उद्धार

Capture5-7

कालचिनी : कालचिनी ब्लकको डीमा चियाबारीबाट अधिक मात्रामा अवैध काठ उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा वन विभागको पाना मोबाइल रेञ्जका वनकर्मीहरूले डीमा चियाकमान इलाकामा अभियान चलाएका थिए। तस्करहरूले ३ वटा साइकलमा अवैध काठ तस्कर गरिरहेको समय वन विभागको वाहन देखेपछि घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। वन कर्मीहरूले घटनास्थलबाट ३० सिएफटी काठ उद्धार गरेर पाना रेञ्जमा लैजानको साथै घटनाको जाँच शुरू गरेको वन विभाग सूत्रले जनाएको छ।

About Author

Advertisement